Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भूपु उपसचिव र अधिकृतलाई गाउँमा सम्मान

    भूपु उपसचिव र अधिकृतलाई गाउँमा सम्मान


    • शुक्रवार, चैत्र ६ २०७७

    • नेपाल वाइड


    भूपु उपसचिव र अधिकृतलाई गाउँमा सम्मान
    सम्मान ग्रहणपछि भूपु उपसचिव झुमप्रसाद राई र अधिकृत (सातौं तह) मायाँ राई

    खोटाङ । चैत ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडा स्थायी ठेगाना भएका भूपु उपसचिव झुमप्रसाद राई र अधिकृत (सातौं तह) मायाँ राईलाई सम्मान गरिएको छ । दोर्पाचिउरीडाँडामा जन्म भइ वडाकै पहिलो उपसचिव बनेका भूपु उपसचिव झुमप्रसाद र वडाबाट पहिलो महिला अधिकृत (सातौं तह) बनेका मायाँलाई पासाङल्हामु बहुमुखी कृषि फर्म नास्तुमले सम्मान गरेको हो ।

    भूपु उपसचिव राई र अधिकृत राईलाई पासाङल्हामु बहुमुखी कृषि फर्मका अध्यक्ष जेपी राईले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।
    २०७५ साल असोज २७ गते दोर्पाचिउरीडाँडामा आयोजित सम्मान कार्यक्रममा अनुपस्थित भएका पुर्व उपसचिव र अधिकृत राईलाई गाउँ आएको अवशरमा सम्मान प्रदान कृषि फर्मका अध्यक्ष राईले बताए । सम्मानित भूपु उपसचिव झुमप्रसाद र अधिकृत (सातौं तह) मायाँ दाजु बहिनी हुन् ।

    यसअघि कृषि फर्मले असोज २७ गते वडाकै पहिलो भुपु प्रहरी निरिक्षक निरबहादुर चौहान, गोर्खा डिपार्टमेन्ट ईटहरीका प्रवन्धक बलराम आचार्य, बरिष्ठ पत्रकार आनन्द पी राई, साकेला क्याम्पस रतन्छाका प्रमुख कृष्ण बुढाथोकी, पाईलट भोगेन्द्र कठायत, नेपाली सेनानी (मेजर) पर्शुराम श्रेष्ठ, सेनानी (मेजर) राजकुमार बुढाथोकी, एमबिबिएस डाक्टर यमुना थापा र नेवाःपुच खःल दोवेला दोर्पाचिउरीडाँडालाई सम्मान गरेको थियो ।

     

    सम्बन्धित समाचार