Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    स्थानीय पाठ्यक्रम निर्माण गर्दै बन्दीपुर गाउँपालिका

    स्थानीय पाठ्यक्रम निर्माण गर्दै बन्दीपुर गाउँपालिका


    • आइतवार, चैत्र ८ २०७७

    • नेपाल वाइड


    स्थानीय पाठ्यक्रम निर्माण गर्दै बन्दीपुर गाउँपालिका
    फायल तस्बिर

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ । आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो । पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेका छन् । आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

    गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताए । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उनले जानकारी दिए ।

    सम्बन्धित समाचार