Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धार्मिक पर्यटन

    झाप्पाको पर्यटन प्रवद्र्धनका लागि होली महोत्सव गर्ने तयारी

    झाप्पाको पर्यटन प्रवद्र्धनका लागि होली महोत्सव गर्ने तयारी


    • आइतवार, चैत्र ८ २०७७

    • नेपाल वाइड


    झाप्पाको पर्यटन प्रवद्र्धनका लागि होली महोत्सव गर्ने तयारी
    फायल तस्बिर

    खोटाङ । चैत ८, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित झाप्पाको पर्यटन प्रवद्र्धनका लागि होली महोत्सव गर्ने तयारी गरिएको छ । झाप्पामा रहेको जुरेथुम्काडाँडाको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्यका साथ वडा कार्यालय बाहुनीडाँडाको आव्हानमा झाप्पाडाँडामा चैत १५ र १६ गते सामुहिकरुपमा होली मनाउन लागिएको हो ।

    पर्यटकीय स्थलकारुपमा रहेको भएपनि हालसम्म ओझेलमा रहेको झाप्पा जुरेथुम्काको प्रचार–प्रसार गर्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि फागु पूर्णीमाको अवशरमा होली महोत्सव गर्ने निर्णय गरिएको वडाध्यक्ष रुद्र राईले बताए । झाप्पामा चैत १५ गते होली मनाउने र चैत १६ गते खेलकुदका कार्यक्रम गर्ने तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडाध्यक्ष राईको समन्वयमा चैत ५ गते काठ्माण्डौं चावहिलमा बसेको वडाबासीको भेलाले झाप्पामा हरेक वर्ष होली महोत्सव गर्ने निर्णय गरेको छ । ‘विगतमा जो, जहाँ रहेर होली मनाइए पनि यस पटकदेखि प्रत्येक फागु पुर्णीमा झाप्पामा मनाउने निर्णय गरिएको छ,’ वडाध्यक्ष राईले भने, ‘सबैलाई हाम्रो आग्रह छ, फागु पूर्णीमाका दिन झाप्पा जाऔं, आन्तरिक पर्यटन प्रवद्र्धन सहित होली मनाऔं ।’

    झाप्पामा रहेको जुरेथुम्का बाहुनीडाँडाकै अग्लो डाँडा हो । सो डाँडाबाट ओखलढुंगा, उदयपुर, रामेछाप, सिन्धुली, सोलुखुम्बु लगायतका जिल्लाका विभिन्न स्थानको दृश्यवलोकन गर्न सकिन्छ । यस बाहेक दुधकोसी र सुनकोसीको संगमस्थल जोर्तीको सुन्दर दृश्यावलोकनका लागि समेत जुरेथुम्का चर्चित छ ।

    वाम्बुले राई समुदायको बाहुल्यता रहेको झाप्पामा विभिन्न चाडपर्वका बेला उदयपुरको सोरुङछबिसे, ओखलढुंगाको थाक्ने, मानेभञ्ज्याङ, रिचुवा, उँबु लगायतका स्थानका स्थानीय घुमफिर गर्न आउने गरेको वडाध्यक्ष राईले बताए ।

    नजिकैसम्म सडक विस्तार गरिसकिएकाले हाल झाप्पा (जुरेथुम्का) पुग्न सहज वाताबरण बनेको छ । ओखलढुंगाको उँबुमा सलेवा पार्क बनाइएजस्तै झाप्पामा सुरिम पार्क बनाउने लक्ष्य राखिएको वडाध्यक्ष राईले बताए ।

    सम्बन्धित समाचार