Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका चार आगलागी पिडित परिवारलाई राहत प्रदान

    खोटाङका चार आगलागी पिडित परिवारलाई राहत प्रदान


    • बुधवार, चैत्र १८ २०७७

    • नेपाल वाइड


    खोटाङका चार आगलागी पिडित परिवारलाई राहत प्रदान
    अग्नी पिडितलाई राहत प्रदान गर्दै खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किरात लगायत । तस्बिर सौजन्य :

    खोटाङ । चैत १८, खोटाङ प्राकृतिक सहयोग कोषले चार आगलागी पिडित परिवारलाई राहत प्रदान गरेको छ । फरक–फरक मितिमा चैतभित्र भएको आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका चन्द्रमणी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामबहादुर राईलाई प्राकृतिक सहयोग कोषले राहत प्रदान गरेको हो ।

    Sahayog 1.jpg

    खोटाङ प्राकृतिक सहयोग कोषद्धारा आगलागी पिडितलाई सहयोग प्रदान गर्दै। तस्बिर सौजन्य : युगसन किराँत

    खोटाङ समाज हङकङले स्थापना गरेको कोषले आगलागीबाट विस्थापित परिवारलाई प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेको हो । केपिलासगढी गाउँपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा सोही गाउँपालिकाका खोटाङ प्राकृतिक सहयोग कोषका प्रतिनिधि समिर राईमार्फत राहत प्रदान गरिएको हो ।

    Sahayog 3 .jpg

    खोटाङ प्राकृतिक सहयोग कोषद्धारा आगलागी पिडितलाई सहयोग प्रदान गर्दै। तस्बिर सौजन्य : युगसन किराँत

    यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा कोषाध्यक्ष युगसन किरातमार्फत राहत प्रदान गरिएको खोटाङ प्राकृतिक सहयोग कोषले जनाएको छ ।

    हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ २०७२ सालमा कोष स्थापना गरिएको हो । २० लाखबाट सुरु गरिएको कोषको मुल धन आर्थिक वर्ष २०७७/०७८ देखि २८ लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने व्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बताए ।

    Sahayo 4.jpg

    खोटाङ प्राकृतिक सहयोग कोषद्धारा आगलागी पिडितलाई सहयोग प्रदान गर्दै। तस्बिर सौजन्य : युगसन किराँत

    सम्बन्धित समाचार