Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्मसंस्कृति

    जनजाति महासंघ खोटाङको अधिबेशन चैत २१ र २२ गते

    जनजाति महासंघ खोटाङको अधिबेशन चैत २१ र २२ गते


    • बुधवार, चैत्र १८ २०७७

    • नेपाल वाइड


    जनजाति महासंघ खोटाङको अधिबेशन चैत २१ र २२ गते
    पत्रकार सम्मेलनमा अधिबेसनको तयारीका विषयमा जानकारी दिँदै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राई । तस्बिर : नेपालवाइड

    खोटाङ । चैत १८, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङको तेश्रो अधिबेशन आगामी चैत्र २१ र २२ गते हुने भएको छ । जनजाति महासंघले मंगलबार दिक्तेलस्थित कार्यालयमा पत्रकार सम्मलेलन गर्दै तेश्रो अधिबेशनको मिति सार्वजनिक गरेको हो । ‘भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गरौं, सह–अस्तित्व सहितको समानुपातिक समाबेशी समाजको निर्माण गरौं’ भन्ने मूल नारा अधिबेसन तय गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष हात्तीराम राईले बताए ।

    जनजाती महासंघको आगामी जेठ १९, २० र २१ गते सुर्खेतमा हुने राष्ट्रिय महाधिबेसनलाई लक्ष्यित गर्दै जिल्ला अधिबेसनको तयारी गरिएको हो । जिल्ला समन्वय समितिको समिक्षालय हलमा हुने अधिबेसन नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालय अध्यक्ष जगतबहादुर बरामले उद्घाटन गर्ने जानकारी दिइएको छ ।

    अधिबेसनमा जिल्लामा क्रियासिल १२ वटा जातीय संघसंगठनकातर्फबाट दुई–दुई जना प्रतिनिधि, कम्तीमा १०/१० जना पर्यबेक्षक तथा १० स्थानीय तहमा गठन गरिएको जनजाति महासंघको तदर्थ समन्वय परिषदबाट दुई–दुई जना पर्यबेक्षकको सहभागीता रहने नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

    अधिबेसनले आगामी जनगणना २०७८ मा भाषा, सँस्कृति र पहिचानका विषयमा आवश्यक नीति, योजना तथा कार्यक्रम तय गर्दै सशक्त र क्रियासिल पदाधिकारी एबं सदस्य चुन्ने दावी गरिएको छ । अधिबेसन उद्घाटनकाक्रममा आदिवासी जनजातिको मौलिक तथा साँस्कृतिक भेषभुषा सहितको झाँकी प्रदर्शन गरिने जानकारी दिइएको छ ।

    खोटाङमा राई, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, भुजेल, माझी, लिम्बू, थामी, सुनुवार र चौधरीको बसोबास छ । त्यसमध्ये नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदमा १० जातजातीको प्रतिनिधित्व रहेको छ । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामै जनजाति महासंघको तदर्थ समन्वय परिषद क्रियासिल रहेको अध्यक्ष राईले बताए ।

     

    सम्बन्धित समाचार