Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला

    खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला


    • बुधवार, चैत्र १८ २०७७

    • नेपाल वाइड


    खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला
    सांकेतिक तस्बिर

    खोटाङ । चैत १८, खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला परेको छ । गत चैत ३ गतेदेखि बेपत्ता भएका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका रञ्जित राईको कंकाल सोमबार बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको राँकुली खोला र न्याउले खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ । कंकाल मात्र बाँकी रहेकाले लगाएको लुगाको आधारमा बालकको पहिचान गरिएको वडाध्यक्ष शम्भु निरौलाले बताए ।

    शारीरिक अपांगता भएका रञ्जितको कंकाल घरभन्दा करिब चार घण्टा टाडा रहेको अप्ठ्यारो भीरमुनि खोलामा भेटिएको हो । खोलामा कंकाल फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए । बेपत्ता भएको चार दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई तस्बिर सहित निबेदन दिएका थिए ।

    उनले पूर्ण अपांगताको भत्ता लिँदै आएको वडाध्यक्ष निरौलाले बताए । ‘हामी हिँड्न सक्नेलाई नै चार घण्टा लाग्छ त्यो ठाउँमा पुग्न,’ वडाध्यक्ष निरौलाले भने, ‘अशक्त मान्छे एकदमै अचम्मको ठाउँमा पुगेको छ । बिकट ठाउँबाट झरेको देखिएको छ ।’

    सम्बन्धित समाचार