Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्राकृतिक विपत्तीबाट बच्ने गाउँपालिकाको ७ टिप्स !

    प्राकृतिक विपत्तीबाट बच्ने गाउँपालिकाको ७ टिप्स !


    • बिहिवार, चैत्र १९ २०७७

    • नेपाल वाइड


    प्राकृतिक विपत्तीबाट बच्ने गाउँपालिकाको ७ टिप्स !
    फायल तस्बिर

    खोटाङ । चैत १९, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले गर्मी तथा सुक्खा मौसम सुरु भएसँगै निम्तिने प्राकृतिक विपदबाट बच्नका लागि सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । गर्मी तथा सुक्खा मौसम सुरु भएसँगै आइपर्ने आगलागी, डढेलो, चट्याङ, हावाहुरी जस्ता विपदबाट बच्नका लागि सावधानी अपनाउन आग्रह गरेको हो ।

    धनजनको क्षतीदेखि वन्यजन्तु तथा बोटबिरुवा लगायत वातावरणमा समेत नकरात्मक असर पार्ने आगलागी, डढेलो, चट्याङ र हावाहुरीबाट बच्नका लागि गाउँपालिकाले ७ बुँदे सुरक्षा सावधानी सम्वन्धी सूचना जारी गरेको छ ।

    गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बिहिबार जारी गरेको सूचनामा घर, वनजंगल, खेतबारी वरपर जताभावी आगो नबाल्ने, डढेलो नलगाउने, बालबालिकाले भेट्ने ठाउँमा सलाई, लाईटर लगायतका सामग्री नराख्ने, सुर्ती, बिँडी, चुरोट खाएर जथाभावी नफाली सुरक्षित ठाउँमा फाल्न आग्रह गरिएको छ । जिल्लामा दिनानुदिन आगलागी र डढेलोको घट्ना घटिरहेको सन्दर्भमा ऐसेलुखर्क गाउँपालिकाले बच्ने उपायका बारेमा नागरिकलाई सचेत गराएको हो ।

    गाउँपालिकाको सूचनामा हावाहुरी चलेको समयमा आगो नबाल्ने, चट्याङ, हावाहुरीको समयमा विद्युतीय उपकरण व्यवस्थित रुपमा चलाउने र जताभावी हिँडडुल नगरी सुरक्षित ठाउँमा बस्ने, चट्याङ, हावाहुरीको समयमा आफ्ना बालबालिकालाई अभिभावकको संरक्षणमा राख्ने, कुनै ठाउँमा आगलागी डढेलो लागेमा नजिकैको सुरक्षा निकाय, गाउँपालिकाको कार्यालय वा वडा कार्यालयमा जानकारी गराउन भनिएको छ ।

    सम्बन्धित समाचार