Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिशु हत्या अभियोगमा महिला पक्राउ

    शिशु हत्या अभियोगमा महिला पक्राउ


    • शुक्रवार, चैत्र २० २०७७

    • नेपाल वाइड


    शिशु हत्या अभियोगमा महिला पक्राउ
    प्रतिकात्मक तस्बिर

    कास्की । आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।

    कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

    उनलाई कर्तव्य ज्यानसम्बन्धी कसूर अन्तर्गत आज जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । रासस 

    सम्बन्धित समाचार