Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण

    दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण


    • शुक्रवार, चैत्र २० २०७७

    • नेपाल वाइड


    दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण
    दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवनको उद्धघाटन गर्दै मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईलगायत । तस्बिर :  नेपालवाइड

    खोटाङ । चैत २०, खोटाङकै ज्येष्ठ क्याम्पस दिक्तेल बहुमुखी क्याम्पसको नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १ करोड २३ लाखको लागतमा दिक्तेल बहुमुखी क्याम्पसको दुई तले प्रशासनिक भवन निर्माण गरिएको हो ।

    ७७ फिट लम्बाई र ३७ फिट चौंडाई भएको भवन शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन् । भौतिक संरचनाको अभाव झेलिरहेका क्याम्पसलाई नगरपालिकाले बजेट उपलव्ध गराएपछि तल्लो तलामा बैठक हल तथा माथिल्लो तलामा पाटेसन गरेर प्रशासनिक कक्ष सञ्चालन गर्नेगरी भवन निर्माण गरिएको हो ।

    भवन निर्माणका लागि एक करोड ९९ लाखको टेण्डर निकालिए पनि रोजन के मोहन एण्ड बेँसीगाउँ जेभीले ७६ लाख कम रेटमा ठेक्का पारेको थियो । सम्झौता मितिबाट एक वर्षभित्र पूरा गर्नेगरी २०७६ साल जेठ ८ गते क्याम्पसको भवन शिलान्यास गरिएको थियो । कोभिड–१९ को महामारीका कारण भवन निर्माणको काम निर्धारित मितिभन्दा पर सरेको निर्माण कम्पनी रोजन के मोहन एण्ड बेँसीगाउँ जेभीका प्रतिनिधि जोसेफ रिजालले बताए ।

    building of campush (opened) photo_daman1.jpg

    दिक्तेल बहुमुखी क्याम्पसको प्रशासनिक भवन । तस्बिर : नेपालवाइड

    निर्माण व्यवसायी रिजालले नगरपालिकालाई हस्तान्तरण गरेको भवनको चाँबी सोही कार्यक्रममा मेयर रिजालले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाल र क्याम्पस प्रमुख हिराकुमार राईलाई हस्तान्तरण गरेका छन् । नयाँ भवन निर्माणपछि क्याम्पसको प्रशासनिक कामकाज सम्पादन सहज हुने अपेक्षा गरिएको क्याम्पस प्रमुख राईले बताए ।

    खोटाङकै ज्येष्ठ क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा गरेको हो । २०३७ सालमा स्थापना गरिएको क्याम्पसका लागि अझै पनि सुविधा सम्पन्न भवनको अभाव छ ।

    ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने दिक्तेल क्याम्पसमा अधिकांश पुरानै भवनमा पठन–पाठन भइरहेको छ । जनप्रतिनिधिकारुपमा निर्वाचित भए लगत्तै क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धना जनाइए अनुसार क्याम्पसको भवन निर्माणका लागि सहयोग गरिएको मेयर रिजालले बताए ।

    सम्बन्धित समाचार