Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    धर्म संस्कृति

    आरक्षण बचाऔं आन्दोलनका क्रममा लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने सम्मानित

    आरक्षण बचाऔं आन्दोलनका क्रममा लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने सम्मानित


    • आइतवार, चैत्र २२ २०७७

    • नेपाल वाइड


    आरक्षण बचाऔं आन्दोलनका क्रममा लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने सम्मानित
    आरक्षण बचाऔं आन्दोलनमा सरिक रबिन खम्बु, एलबी मगर, सविना अछामे र मिलन चाहार (वायँबाट क्रमशः) । तस्बिर : नेपालवाइड डटकम डटकम

    खोटाङ । चैत २२, आरक्षण बचाऔं आन्दोलनका क्रममा खोटाङमा लोकसेवा आयोगको परिक्षा हलमा प्रवेश गरी प्रश्नपत्र खोसेर च्यात्ने प्रयास गर्ने चार जना सम्मानित भएका छन् । नेपाल सरकार मन्त्री परिषदको २०७६ साल जेठ ६ गतेको असमावेसी विज्ञापनको निर्णयविरुद्ध आरक्षण बचाऔं आन्दोलन गर्नेक्रममा लोकसेवा आयोगको परिक्षा हलमै प्रवेश गरी प्रश्नपत्र च्यात्न खोज्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव रबिन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र मञ्चकै कोषाध्यक्ष सविना अछामेलाई सम्मान गरिएको हो ।

    असमावेसी विज्ञापनको निर्णयविरुद्ध अग्रपंक्तीमा उभिएर विरोधमा उत्रिएका चार जनालाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले शनिबार तेश्रो अधिबेसन उद्घाटनकाक्रममा सम्मान गरेको हो ।

    उनीहरुलाई प्रमुख अतिथिकारुपमा प्रदेशसभा सांसद राजन राई, जिल्ला समन्वय समितिका सदस्य अडिराम राई, महासंघका निवर्तमान अध्यक्ष हात्तीराम राई लगायतले खादा ओढाएर सम्मान–पत्र प्रदान गरेका थिए । चार जनालाई भुजेल सेवा समाजले पनि सम्मान गरेको छ ।

    २०७६ साउन ४ गते दिक्तेल बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको आयोगको पाँचौं तहको परिक्षामा प्रश्नपत्र च्यात्न खोजेकोमा पक्राउ परेका चार जना भोलीपल्ट साँझ रिहा भएका थिए । उनीहरुलाई पुर्वसभाषद समिता कार्की, एमाले नेता कुमार आचार्य, नेपाली कांग्रेसका नेता सुमानबाबु आचार्य र समाजबादी पार्टीका नेता टंक थापाको रोहबरमा छुटाइएको थियो ।

    संविधानमा व्यवस्था समावेसी र समानुपातिक व्यवस्था विपरित लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आव्हान गरिएको १ नम्बर प्रदेश बन्द अन्तरगत परिक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको थियो ।

    पक्राउ गर्नेक्रममा उनीहरुमाथि प्रहरीले अमानवीय ढंगले कुटपिट गरेको थियो । यस्तै, २०६८ साल पुस २ गते दिक्तेलको माटिकोरेमा गोवध साँस्कृतिक आन्दोलनमा नेतृत्व गरेकामा मनविक्रम राईलाई पनि सम्मान गरिएको छ ।

    पत्रकार राईलाई पनि सम्मान

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले पत्रकार दमन राईलाई पनि सम्मान गरेको छ । पत्रकारिताको मर्म, धर्म र कर्म अनुसार निष्पक्ष तरिकाले आदिवासी जनजातिको सवालमा निरन्तर योगदान पुर्‍याउँदै आएकामा पत्रकार राईलाई नगद ५ हजार सहित सम्मान गरेको हो ।

    महासंघको तेश्रो जिल्ला अधिबेसन उद्घाटन–सत्रको अवशरमा प्रदेश सांसद राजन राई र महासंघका निवर्तमान अध्यक्ष हात्तीराम राईले पत्रकारलाई खादा ओढाएर नगद र सम्मान–पत्र सहित सम्मान गरेका थिए ।

    सम्बन्धित समाचार