Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    बझाङको एक विद्यालयमा लागेको तालाबन्दी खुलेन

    बझाङको एक विद्यालयमा लागेको तालाबन्दी खुलेन


    • सोमवार, चैत्र २३ २०७७

    • नेपाल वाइड


    बझाङको एक विद्यालयमा लागेको तालाबन्दी खुलेन
    प्रतिकात्मक तस्बिर

    बझाङ । दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । चौधारी माध्यमिक विद्यालयमा आईएससीएजी अध्ययनरत विद्यार्थीले शिक्षकले पढाइ नगरेको र तत्काल पढाइ सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।

    विद्यालयले लामो समयसम्म आईएससीएजीका विद्यार्थीलाई शिक्षकले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको डेढ महिना बितिसक्दा पनि पढाइ नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेका विद्यार्थीले बताएका छन् । विद्यार्थीले पटकपटक विद्यालयमा पढाइ निरन्तरताका लागि अनुरोध गरे पनि शिक्षक र विद्यालय प्रशासनले बेवास्ता गर्ने गरेको विद्यार्थीको भनाइ छ ।

    पटकपटक शिक्षकले अटेरी गरेपछि यही चैत १६ गतेदेखि विजय खातीको संयोजकत्वमा तालाबन्दी गरिएको बताइएको छ । विद्यालयमा तालाबन्दी भएपछि आईएससीएजी र कक्षा ९ तथा १० का विद्यार्थीको पठनपाठनमा बाधा भएको छ । आईएससीएजीमा २५ विद्यार्थी विद्यालयमा अध्यनरत छन् ।

    विद्यालयका प्रधानाध्यापक खगेन्द्र मिश्रले तलब सम्बन्धमा भएर शिक्षक उपस्थित नहुँदा पठनपाठन अवरुद्घ भएको बताए । साथै विद्यार्थीले पनि जानकारी बिना नै तालाबन्दी गरेको र कुरा गर्न खोज्दाबीचमा चार/पाँच दिन सार्वजनिक बिदा भएको हुँदा माग पूरा गर्न नसकेको जानकारी दिए । रासस

    सम्बन्धित समाचार