Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि पुनर्ताजगी तालिम

    मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि पुनर्ताजगी तालिम


    • बुधवार, चैत्र २५ २०७७

    • नेपाल वाइड


    मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि पुनर्ताजगी तालिम
    न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता अभिबृद्धि सम्वन्धी पुनर्ताजगी तालिममा सहभागी ।

    खोटाङ । चैत २५, मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि खोटाङको खोटेहाङ गाउँपालिकाले पुनर्ताजगी तालिम आयोजना गरेको छ । गाउँमा देखा पर्ने विवादलाई गाउँमै हल गर्नका लागि छानिएका मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले न्यायिक समिति तथा मेलमिलापकर्ताको क्षमता अभिबृद्धि सम्वन्धी ४८ घण्टाको पुनर्ताजगी तालिम आयोजना गरेको हो ।

    गाउँपालिकाको सभाहलमा आयोजना गरिएको तालिममा ९ वडाका तीन/तीन जनाका दरले २७ मेलमिलापकर्ता, न्यायीक समितिका ३ जना पदाधिकारी, २ जना कर्मचारी ९ वटै वडाका वडाध्यक्ष गरी ३१ जना सहभागी भएका थिए । स्थानीय स्तरमा न्यायीक प्रणालीलाई सहज र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकाले प्रत्येक वडामा तीन/तीन जना मेलमिलापकर्ता तयार पारेर २०७५ साल फागुन २६ गते देखि चैत ३ गतेसम्म क्षमता अभिबृद्धि तालिम आयोजना गरेको थियो । तिनै मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले पुनर्ताजगी तालिम आयोजना गरेको हो ।

    वडामा छानिएका मेलमिलापकर्ताले पारिवारिक बिवाद, लेनदेन, जग्गा जमिन जस्ता देवयानी प्रकृतिका मुद्धा, सानातिना कुटपिट, लुटपिट लगायतका फौजदारी मुद्धा, व्यापार वा व्यवसायीक प्रकृतिका जुनसुकै विवादलाई मेलमिलापको माध्यमबाट टुंग्याउने भूमीका निर्वाह गरिरहेका छन् ।

    तालिममा सहभागीलाई द्धन्द्ध/बिवादको अवधारणा र बिकास, बिवाद समाधानको परम्परागत तरिका, मेलमिलापको महत्व, मेलमिलापकर्ताको भूमीका, दायित्व, मेलमिलाप वार्ताको सीप, मेलमिलाप प्रकृया लगायतका विषयमा जानकारी दिइएको खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष एबं न्यायीक समितिका संयोजक कविता राईले बताईन् ।

    दैनिक ६ घण्टा सञ्चालन गरिएको तालिममा मानव अधिकार मञ्च ईलामका सहजकर्ता शेखरनाथ सापकोटा र ईश्वर लुंगेली मगरले सहजीकरण गरेका थिए । तालिम चैत १८ गते उद्घाटन गरिएको थियो ।

    तालिममा सहभागीलाई जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्य, गाउँपालिका अध्यक्ष प्रदीप राई, गाउँपालिका उपाध्यक्ष राई लगायतले प्रमाण–पत्र प्रदान गरेका छन् । कार्यक्रममा जिल्ला अदालतका श्रेष्तेदार रमाकान्त यादव, न्यायधिवक्ता रमेश भट्टराई, अधिवक्ता चन्द्रबहादुर खड्का, ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो । नेपाल सरकार बादी हुने अर्थात गम्भीर प्रकृतिका फौजदारी मुद्धा बाहेकका साना तिना मुद्धा मेलमिलापका माध्यमबाट टुंग्याउन सकिने व्यवस्था छ ।

    सम्बन्धित समाचार