Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    हलेसी तुवाचुङमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

    हलेसी तुवाचुङमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण


    • शुक्रवार, चैत्र २७ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण
    साल्पा बकिास बैंकले मंगलटार पुर्‍याएको सामाजकि सुरक्षा भत्ता वतिरण गर्दै मेयर इवन राई ।

    खोटाङ । चैत २७, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउनका लागि हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारबाट बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

    नगरपालिकाले ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक (दलित), ज्येष्ठ नागरिक एकल महिला, विधवा, (क) र (ख) वर्गका अपांग र दलित बालबालिकालाई बिहिबारदेखि साल्पा बिकास बैंकमार्फत तेश्रो चौमासिक अन्तरगतको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

    क्रमशः अन्य वडाका लाभग्राहीलाई बैंकमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । नगरपालिकामा महिला १ हजार ८३१ जना र पुरुष १ हजार ११४ जना गरी २ हजार ९४५ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही छन् ।

    सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मै बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि माछापुछ्रे बैंकसँग सम्झौता गरेको थियो । सम्झौता अनुशार २०७६ साल असारमा बैंकमार्फत चौथो चौमासिकको भत्ता वितरण गर्दा २५ लाख रकम फिर्ता भएको मेयर राईले बताए ।

    कोभिड–१९ को महामारी सुरु भएपछि भने नगरपालिका आफैले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको थियो । सिंगो नगरपालिकाभित्र एउटा बैंकले मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्न नभ्याएकाले थप दुई वटा बैंकसँग सम्झौता गरिएको मेयर राईले बताए ।

    सम्बन्धित समाचार