Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दलितसँग गाउँपालिका कार्यक्रम :  

    लिच्कीराम्चेमा वडा स्तरिय दलित सञ्जाल

    लिच्कीराम्चेमा वडा स्तरिय दलित सञ्जाल


    • आइतवार, चैत्र २९ २०७७

    • नेपाल वाइड


    लिच्कीराम्चेमा वडा स्तरिय दलित सञ्जाल
    लिच्कीराम्चेमा गठित वडा स्तरिय दलित सञ्जालमा आवद्ध स्थानीय । तस्बिर सौजन्य : इन्द्र नारथुंगे

    खोटाङ । चैत २९, ‘दलितसँग गाउँपालिका’ कार्यक्रम अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा वडा स्तरिय दलित सञ्जाल गठन गरिएको छ । दलित समुदायको जीवनस्तर उकास्ने लक्ष्यका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन गरेको दलित लक्षित कार्यक्रम अन्तरगत लिला बिश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय दलित सञ्जाल गठन गरिएको हो ।

    सञ्जालको उपाध्यक्षमा कमला सार्की, सचिवमा डिकबहादुर सार्की, सहसचिवमा रणबहादुर बिश्वकर्मा र कोषाध्यक्षमा कविता बिश्वकर्मा चयन भएका छन् । लिच्कीराम्चेमा चैत २७ र २८ गते शिक्षा, स्वास्थ्य तथा व्यवसाय सिर्जना, दर्ता, सञ्चालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरे लगत्तै सञ्जाल गठन गरिएको हो ।

    केही समयपछि सञ्जालको बैठकबाट पाँच जना व्यवसायी छनौट गर्ने र उनीहरुलाई व्यवसायसँग सम्वन्धित उपकरण प्रदान गरिने ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्रकुमार राई (इन्द्र नारथुंगे)ले बताए । समग्र दलित समुदायको उत्थान एबं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले लिच्कीराम्चेबाट ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको हो ।

    चालु आर्थिक वर्ष लिच्कीराम्चे सहित खोटेहाङ गाउँपालिका–३ सावाकटहरे र खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सञ्चालन हुने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै दलितका लागि सञ्चालन गरिएको मोबाईल मर्मत तालिम, सावुन बनाउने तालिम र लुगा सिउने मेसिन खरिदका कार्यक्रम प्रभावकारी नदेखिएपछि यस वर्ष फरक तरिकाले कार्यक्रम सञ्चालन गरिएको हो ।

    दलित समुदायको उत्थानका लागि उपयुक्त कार्यक्रम सञ्चालन गर्न प्रस्ताव आव्हान गरेर उत्कृष्ट प्रस्तावलाई स्वीकृत गरेर ‘दलितसँग गाउँपालिका’ कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका लागि परेका प्रस्तावमध्ये नारथुंगेको प्रस्ताव छनौट भएको हो । 

    सम्बन्धित समाचार