Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पत्रकार महासंघका नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना

    पत्रकार महासंघका नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना


    • आइतवार, चैत्र २९ २०७७

    • नेपाल वाइड


    पत्रकार महासंघका नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना
    नेपाल पत्रकार महासंघ र जनजाती महासंघबिचको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायत । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । चैत २९, खोटाङ यातायात प्रालिले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा शुभकामना दिएको छ । दिक्तेलको संगमपार्कस्थित कार्यालयमा बोलाएर यातायात प्रालिले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई शुभकामना तथा बधाई दिएको हो ।

    प्रालिका अध्यक्ष टेकेन्द्र राई, बरिष्ठ उपाध्यक्ष फडिन्द्र राई, महासचिव रामकुमार हिङमाङ, कोषाध्यक्ष गोबिन्द कट्वाल लगायतले महासंघका नवनिर्वाचित अध्यक्ष दिलीप खत्री, उपाध्यक्ष कृष्णकला राई, सह–सचिव चिसाङ शेर्पा लागयतको टोलीलाई खादा ओढाएर बधाई तथा शुभकामना दिएका हुन् ।

    यस्तै, नेपाल पत्रकार महासंघ र नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषदबिचमा भने बधाई तथा शुभकामना दोहोरो भएको छ । गत चैत २१ गतेको अधिबेसनबाट निर्वाचित जनजाती महासंघको टोलीले पत्रकार महासंघको टोलीलाई खादा र अबिर सहित बधाई तथा शुभकामना दिए भने चैत २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित महासंघका टोलीले खादा र अबिर लगाइदिएर जनजाती महासंघको टोलीलाई बधाई तथा शुभकामना दिएका छन् ।

    एक आपसमा बधाई तथा शुभकामना आदान–प्रदानका लागि पत्रकार महासंघ र जनजाती महासंघले शनिबार जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम आयोजना गरेको थियो । दोहोरो बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिकारुपमा जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले पेशागत गरिमा कायम गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।

    कार्यक्रममा पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष खत्री, जनजाती महासंघका नवनिर्वाचित अध्यक्ष फुर्वा शेर्पा, जनजाती महासंघका निवर्तमान अध्यक्ष हात्तीराम राई, पत्रकार महासंघका निवर्तमान अध्यक्ष दमन राई, शिक्षक मनबिक्रम राई, धनीराम राई लागायतले शुभकामना मन्तव्य दिएका थिए ।

    हाल नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई विभिन्न संघसंस्थाले बधाई तथा शुभकामना दिइरहेका छन् । महासंघका नवनिर्वाचित टिमलाई नेकपा एमालेले पनि बधाई तथा शुभकामना दिएको थियो ।

    सम्बन्धित समाचार