Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए

    प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए


    • मंगलवार, चैत्र ३१ २०७७

    • नेपाल वाइड


    प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिए
    सांकेतिक तस्बिर

    विराटनगर । चैत ३१, प्रदेश १ मा आज २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १३, झापामा ८, सुनसरीमा २, धनकुटामा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १३, झापाको विर्तामोड र दमकमा २–२, भद्रपुर, मेचीनगर, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

    हाल सम्म संक्रमितको संख्या ३० हजार ४९६ पुगेको छ । संक्रमित भएका मध्ये २९ हजार ८७० संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज २९७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    परीषण गरिएका मध्ये १२ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३३ हजार ७६८ जनाको पीसीआर परीषण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार