Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दातालाई गाउँपालिकाको सम्मान

    अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दातालाई गाउँपालिकाको सम्मान


    • शनिवार, बैशाख ४ २०७८

    • नेपाल वाइड


    अस्पताल निर्माणका लागि जग्गा दान गर्ने दातालाई गाउँपालिकाको सम्मान
    अस्पतालका लागि निःशुल्क जग्गा दान गर्ने जग्गादातासँग गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेल ।

    खोटाङ । बैसाख ४, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले १५ शैयाको आधारभुत अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जग्गादातालाई सम्मान गरेको छ । हरेक स्थानीय तहमा कम्तीमा पाँचदेखि १५ शैयाको अस्पताल निर्माण गर्ने नेपाल सरकारको योजना अनुसार १५ शैयाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलव्ध गराउने जग्गादातालाई गाउँपालिकाले सम्मान गरेको हो ।

    अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने जग्गादाता पर्शु राजभण्डारी, रामकुमार कालिकोटे, प्रभुनारायण राजभण्डारी, बिष्णु राजभण्डारी र लक्ष्मीदेबी श्रेष्ठ राजभण्डारीलाई गाउँपालिकाले सम्मान गरेको हो । २३ रोपनीभन्दा केही बढि जग्गा दिएकामा जग्गादातालाई सम्मान स्वरुप गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले दोसल्ला र ढाका टोपी ओढाएर सम्मान–पत्र प्रदान गरेका छन् ।

    अस्पताल निर्माणका लागि पर्शुले ७ रोपनी ८ आना, रामकुमारले ६ रोपनी १३ आना, प्रभुनारायणले ५ रोपनी, बिष्णुले २ रोपनी र लक्ष्मीले १ रोपनी १२ आना जग्गा प्रदान गरेको गाउँपालिकाले जनाएको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको निती अनुशार अस्पताल निर्माणका लागि गाउँपालिकाले डिपिआर निर्माणको तयारी थालिसकेको छ ।

    अस्पताल भवनको डिपिआर तयार पार्ने, टेण्डर आव्हान गर्ने र भवन निर्माण गर्नका लागि स्थानीय  तहलाई नेपाल सरकारले भवनको नक्सा पठाएको आधारमा गाउँपालिका डिपिआरको तयारीमा जुटेको हो ।

    ऐसेलुखर्कमा आधारभुत अस्पतालको भवन गत मंसिर १५ गते शिलान्यास गरिएको थियो । आधारभुत अस्पताल स्थापनाका लागि नेपाल सरकारले ३ करोड २३ लाख ३० हजार बजेट निकासा दिइसकेको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार