Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुःन राई

    दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुःन राई


    • शनिवार, बैशाख ४ २०७८

    • नेपाल वाइड


    दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुःन राई
    पदभार ग्रहणकाक्रममा क्याम्पस प्रमुख हिराकुमार राईलाई बधाई दिँदै सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । बैसाख ४, खोटाङको दिक्तेल बहुमुखी क्याम्पस प्रमुखमा पुःन हिराकुमार राई दोहोरिएका छन् । गत चैत मसान्तमा चार वर्षे पदावधि पुरा गरेका क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिले पुःन दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । दोश्रो कार्यकालका लागि क्याम्पस प्रमुख नियुक्त भएका राईले बैसाख २ गते कार्यभार सम्हालेका छन् ।

    पदभार ग्रहणका क्रममा क्याम्पस प्रमुख राईलाई क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबीप्रसाद रिजाल, क्याम्पस सञ्चालक समितिका सदस्य, प्राध्यपक लगायतले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन् । २०७४ साल बैसाख १ गते क्याम्पस प्रमुखमा नियुक्त राईलाई क्याम्पस सञ्चालक समितिको गत चैत १९ गतेको बैठकले पुःन क्याम्पस प्रमुखमा दोहोर्‍याउने निर्णय गरेको थियो ।

    २०३७ सालमा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् ।

    सम्बन्धित समाचार