Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हावाहुरीले छानो उडाउँदा क्षती पुगेको विद्यालयलाई राहत

    हावाहुरीले छानो उडाउँदा क्षती पुगेको विद्यालयलाई राहत


    • शनिवार, बैशाख ४ २०७८

    • नेपाल वाइड


    हावाहुरीले छानो उडाउँदा क्षती पुगेको विद्यालयलाई राहत
    हावाहुरीबाट क्षती भएका विद्यालयलाई राहत प्रदान गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई ।

    खोटाङ । बैसाख ४, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हावाहुरीले जस्ता उडाउँदा क्षती पुगेको विद्यालयलाई राहत प्रदान गरेको छ । गत चैत १७ गतेको हावाहुरीले छानो उडाउँदा क्षती पुगेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय माविलाई राहत प्रदान गरेको हो ।

    गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले शुक्रबार विद्यालयका प्रअ बिष्णुबहादुर कार्कीलाई राहत स्वरुप नगद २५ हजार प्रदान गरेका छन् । गाउँपालिकाले हावाहुरी पिडित दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा खामडाँडाका अर्जुन भुजेललाई पनि राहत दिएको छ । चैत १७ गतेको हावाहुरीले घरको छाना पूर्णरुपमा उँडाउँदा बिचल्नीमा परेका भुजेललाई २० हजार राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार