Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य शिबिर

    ऐसेलुखर्क : स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच

    ऐसेलुखर्क : स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच

    हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिका पनि स्वास्थ्य शिबिर सञ्चालन गर्ने तयारी

    • शनिवार, बैशाख ४ २०७८

    • नेपाल वाइड


    ऐसेलुखर्क : स्वास्थ्य शिबिरमा १ हजार ३६५ जनाको स्वास्थ्य जाँच
    ऐसेलुखर्कमा स्वास्थ्य शिबिर उद्घाटनकाक्रममा अतिथि र आयोजक लगायत ।

    खोटाङ । बैसाख ४, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा एक हजारभन्दा बढि सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ । ऐसेलुखर्क गाउँपालिकाको आयोजना एवं काठ्माण्डौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसि) सिनामंगलको चिकित्सक तथा उपकरण सहयोगमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिबिरमा १ हजार ३६५ सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो ।

    शिबिरमा १६२ जनाको इसिजि, १९२ जनाको ल्याव परिक्षण, २०४ जनाको यूएसजी, २६ जनाको किराले खाएको दाँत निकालिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । एक दिने स्वास्थ्य शिबिरमा विभिन्न रोगका कारण अप्रेसन गर्नुपर्ने अवस्थाका २८ जना बिरामीको पहिचान गरिएको छ ।

    अप्रेसन गर्नुपर्ने अवस्थाका बिरामीलाई काठ्माण्डौं मेडिकल कलेजमा ५० प्रतिशत छुटमा अप्रेसन गर्ने व्यवस्था मिलाइने गाउँपालिका अध्यक्ष निरौलाले बताए । अस्पतालमा पाइने सेवा गाउँमै उपलव्ध हुँदा सर्वसाधारण लाभान्वित भएका छन् ।

    health camp at aiselukharka photo_khotang1.jpg

    शिविरमा स्वास्थ्य जाँच गराउदै सेवाग्राही

    नेपाली कांग्रेसका महासमिति सदस्य एवं कांग्रेस खोटाङका पूर्वसभापति सुवासकुमार पोखरेलको समन्वयमा निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको हो । स्वास्थ्य शिबिरमा स्त्री रोग, वाल रोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नशा, जनरल सर्जन, दन्त सेवा, फिजिसियन, आँखा, ल्याव टेष्ट, इसिजी, भिडियो एक्स–रे लगायतका सेवा उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ । शिबिरका लागि काठ्माण्डौं मेडिकल कलेजका १८ जना विशेषज्ञ डाक्टर सहित ३५ जनाको टोली आएका छन् ।

    स्वास्थ्य शिबिर कांग्रेस महासमिति सदस्य पोखरेलको प्रमुख आतिथ्यता, संविधानसभा सदस्य एवं महासमिति सदस्य सरस्वती वजिमयको विशेष आतिथ्यता तथा गाउँपालिका अध्यक्ष निरौलाको सभापतित्वमा उद्घाटन गरिएको थियो ।

    शिबिर उद्घाटन भएको केही समयपछि कांग्रेस खोटाङका सभापति नरेश श्रेष्ठ, पूर्व सभापति तथा महासमिति सदस्य विष्णुकुमार राई, उपसभापति धर्मराज पोखरेल, क्षेत्रीय सभापति तिर्थ भट्टराई लगायतको टोली पनि ऐसेलुखर्क पुगेका थिए ।

    बैसाख ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिलामा, बैसाख ७ गते हलेसी तुवाचुङ नगरपालिकामा र बैसाख ८ गते रावाबेँसी गाउँपालिकाको हरम्टारमा सोही प्रकृतिको स्वास्थ्य शिबिर सञ्चालन गर्ने तयारी गरिएको छ ।

    सम्बन्धित समाचार