Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    इनरुवा र विराटनगरका विद्यालय बन्द

    इनरुवा र विराटनगरका विद्यालय बन्द


    • सोमवार, बैशाख ६ २०७८

    • नेपाल वाइड


    इनरुवा र विराटनगरका विद्यालय बन्द
    सांकेतिक तस्बिर

    विराटनगर । विद्यार्थीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विराटनगर महानगरपालिका र सुनसरीको इनरुवा नगरपालिकाले शैक्षिक संस्था बन्द गराएका छन् । विराटनगर महानगरपालिका क्षेत्रका सबै निजी तथा सामुदायिक विद्यालय सोमबारबाट एक साताका लागि बन्द गरिएको छ ।

    महानगरको शैक्षिक महाशाखाको पहलमा भएको छलफलपछि विद्यालय साताभरका लागि बन्द गर्ने निर्णय भएको मेयर भीम पराजुलीले जानकारी दिए । विराटनगरमा कतिपय निजी विद्यालयले परीक्षा पूरा गरेर विद्यालय विदा गरेका छन् भने कतिले तयारी गरिरहेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ जिल्लालाई कोरोना महामारीको अति प्रभावित जिल्लाको सूचीमा राखेको छ । विराटनगरमा वैशाख १३ गतेसम्म विद्यालय बन्द रहने छन् ।

    उता, सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण पुष्टि भएसँगै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । नगर प्रमुख राजन मेहताले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको हुँदा संक्रमण रोक्न नगरभित्रका विद्यालय बन्द गर्ने निर्णय भएको बताएका छन् । सरकारले संक्रमणको अवस्था हेरेर विद्यालय तथा अन्य क्षेत्र बन्द गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिएको छ ।

    सम्बन्धित समाचार