Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कर्मचारीको निधनमा गाउँपालिकामा शोक विदा

    कर्मचारीको निधनमा गाउँपालिकामा शोक विदा


    • मंगलवार, बैशाख ७ २०७८

    • नेपाल वाइड


    कर्मचारीको निधनमा गाउँपालिकामा शोक विदा
    मृत फेला परेका सहायक कम्प्यूटर अपरेटर बलराम राई ।

    खोटाङ । बैसाख ७, कर्मचारीको निधनमा खोटाङको जन्तेढुंगा गाउँपालिकामा शोक विदा गरिएको छ । सहायक कम्प्यूटर अपरेटर बलराम राईको निधनमा गाउँपालिकाले मंगलबार गाउँपालिका र गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयमा शोक विदा दिएको हो ।

    जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ निगालावासका सहायक कम्प्यूटर अपरेटर राई सुतेकै ठाउँमा मृत फेला परेका थिए । करार कर्मचारीका रुपमा कार्यरत राईको निधनमा गाउँपालिका अध्यक्ष शंखरबहाखुर राईले सूचना जारी गर्दै एक दिने शोक विदा गरिएको जानकारी दिएका छन् । बेलुका सकुशल सुतेका राई मंगलबार बिहान मृत फेला परेको आफन्तले बताएका छन् ।

     

    सम्बन्धित समाचार