मंगलवार, बैशाख ७ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ७, खोटाङको खोटेहाङ गाउँपालिकाका एक जनामा कोरोना संक्रमण भएको पूष्टी भएको छ । मंगलबार प्रदेश नम्बर १ मा ९७ जना कोरोना संक्रमित थप हुँदा खोटेहाङ गाउँपालिकाका एक जनामा संक्रमण पूष्टी भएको सामाजिक विकास मन्क्रालयले जनाएको छ । संत्रमितको नाम र ठेगाना खुलेको छैन ।
संक्रमितको बारेमा जानकारी नभएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । खोटेहाङ गाउँफालिकाबाट तराईमा बसोबास गरिरहेका व्यक्तीलाई कोरोना संत्रमण भएको पूष्टी अनुमान गरिएको छ ।
मंगलबार मोरङमा ५५, सुनसरीमा २४, झापामा १२ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ५२८ जनाको पीसीआर परीक्षण गर्दा ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।