Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडा सदस्य श्रेष्ठको निधन

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडा सदस्य श्रेष्ठको निधन


    • बुधवार, बैशाख ८ २०७८

    • नेपाल वाइड


    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वडा सदस्य श्रेष्ठको निधन
    याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठ ।

    खोटाङ । बैसाख ७, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका वडा सदस्य नारायणप्रसाद श्रेष्ठको निधन भएको छ । जन्डिसको समस्यका वर्ष दिनदेखि बिरामी परेर थलिएका ६७ वर्षीय वडासदस्य श्रेष्ठको बयोधा अस्पताल काठ्माण्डौंमा उपचारकोक्रममा मंगलबार निधन भएको दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।

    २०१० साल कात्तिक २२ गते याम्खा मोहरियामा जन्मिएका श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्य श्रेष्ठको पित्तथैलीमा स्टोन पनि भएको थियो ।

    तर जन्डिसको कारण स्टोनको अप्रेसन गर्ने अवस्था नहुँदा उनको उपचारमा समस्या भइरहेको थियो । श्रेष्ठ निजामती सेवाबाट अवकाश पाएपछि राजनितीमा लागेका थिए । मृतक श्रेष्ठका श्रीमती सहित दुई छोरा र दुई छोरी छन् ।


    सम्बन्धित समाचार