Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भोलिदेखि पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने

    भोलिदेखि पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने


    • बिहिवार, बैशाख ९ २०७८

    • नेपाल वाइड


    भोलिदेखि पशुपतिमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने
    फायल तस्बिर

    काठमाडौं । पशुपतिनाथको मन्दिरमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले शुक्रबारदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए ।

    उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए । सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ ।

    सम्बन्धित समाचार