Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

    दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द


    • सोमवार, बैशाख १३ २०७८

    • नेपाल वाइड


    दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द
    दिप्रुङ चुईचुम्मा गाउँपालिका

    खोटाङ । बैसाख १३, कोरोना भाईरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ । बिश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित पञ्चमीबजारमा हरेक सोमबार र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मामा हरेक शनिबार लाग्ने साप्ताहिक हाटबजार बन्द गरिएको हो ।

    सोमबारदेखि अर्को सूचना नभएसम्मका लागि साप्ताहिकरुपमा लाग्ने हाटबजार बन्द गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । गत वर्षको लकडाउनकाबेला खेर जाने अवस्थाका तरकारी दिप्रुङ चुईचुम्मा गाउँपालिकाले खरिद गरेर राहतकारुपमा बाँडेको थियो । गत वर्षकैजस्तो अवस्था आएमा यसपल्ट पनि किसानको उत्पादनमा कुनै क्षती हुने काम हुन नदिने गाउँपालिका अध्यक्ष राईले बताए ।

     

    सम्बन्धित समाचार