Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    अन्यत्रबाट आउनेलाई होम क्वारेन्टिनमा बस्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आग्रह

    अन्यत्रबाट आउनेलाई होम क्वारेन्टिनमा बस्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आग्रह

    ‘कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि यस नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउने, जहाँ छौँ त्यहीँ सुरक्षित बसौं,’

    • मंगलवार, बैशाख १४ २०७८

    • नेपाल वाइड


    अन्यत्रबाट आउनेलाई होम क्वारेन्टिनमा बस्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आग्रह
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । बैसाख १४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभन्दा बाहिरबाट आएका नागरिकलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । कोभिड–१९ को दोश्रो लहरको संक्रमण दर थप बढ्न सक्ने खतरा देखिएको भन्दै नगरपालिकाले नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरेको हो ।

    मंगलबार सूचना जारी गर्दै नगरपालिकाले सकेसम्म एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल नगरी ‘जहाँ छौं त्यहीँ’ बस्न आग्रह गरेको छ । ‘कोभिड–१९ लाई नियन्त्रण र व्यवस्थापनका लागि यस नगरपालिकाभन्दा अन्य क्षेत्र र शहरबाट सकेसम्म नआउने, जहाँ छौँ त्यहीँ सुरक्षित बसौं,’ नगरपालिकाको सूचनामा भनिएको छ, ‘यदि आउनुपर्ने नै भए आउनुहुने नगरबासीले बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टाइनमा बस्नुहुन हार्दिक अनुरोध छ ।’

    सम्बन्धित समाचार