Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङको साकेला गाउँपालिकाका दुई जनालाई कोरोना संक्रमण पूष्टी

    खोटाङको साकेला गाउँपालिकाका दुई जनालाई कोरोना संक्रमण पूष्टी


    • सोमवार, बैशाख २० २०७८

    • नेपाल वाइड


    खोटाङको साकेला गाउँपालिकाका दुई जनालाई कोरोना संक्रमण पूष्टी
    साकेला गाउँपालिका

    खोटाङ । बैसाख २०, खोटाङको साकेला गाउँपालिकामा दुई जनालाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पूष्टी भएको छ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई कोभिड–१९ को संक्रमण पूष्टी भएको हो ।

    गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर पठाइएकामा दुई जनालाई संक्रमण पूष्टी भएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् ।

    उनीहरु दिक्तेलबजार हुँदै घर पुगेको खुलेको छ । हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङका काम भइरहेको छ । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । हाल होम आइसोलेसनमा बसिरहेका संक्रमितलाई मंगलबार बिहान साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा लगेर राख्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

    गाउँपालिकाले बैसाख १८ गते २६ जनाको स्वाव परिक्षणका लागि प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार रिपोर्ट आएको हो । खोटाङका १० स्थानीय तहमध्ये साकेला गाउँपालिकाले मात्र स्थानीयको पिसिआर परिक्षणमा तत्परता देखाएको हो । हालसम्म अन्य स्थानीय तहले भने शंकास्पद व्यक्तीको पिसिआर परिक्षणमा ध्यान पुर्‍याउन सकेको छैन ।

    सम्बन्धित समाचार