Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाव संकलन

    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाव संकलन


    • मंगलवार, बैशाख २१ २०७८

    • नेपाल वाइड


    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको स्वाव संकलन
    साकेला गाउँपालिका

    खोटाङ । बैसाख २१, खोटाङको साकेला गाउँपालिकाले दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ५५ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेको छ । कोभिड–१९ को संक्रमण पूष्टी भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका खत्री थरका ५३ वर्षीय र रोका थरका २० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको आधारमा मंगलबार ३९ जना पुरुष र १६ महिलाको स्वाव संकलन गरिएको हो ।

    कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन गरिएको नमूना परिक्षणका लागि बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइने साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा सोमबार दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

    काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् । जिल्ला भित्रिनेक्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तीको पहिचान गरेर पिसिअआर परिक्षणका लागि नमूना संकलन गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

     

    सम्बन्धित समाचार