Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ६० जनाको स्वाव परीक्षणमा पठाइए

    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ६० जनाको स्वाव परीक्षणमा पठाइए


    • बुधवार, बैशाख २२ २०७८

    • नेपाल वाइड


    साकेलामा संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ६० जनाको स्वाव परीक्षणमा पठाइए
    साकेला गाउँपालिका

    खोटाङ । बैसाख २२, खोटाङको साकेला गाउँपालिकाबाट दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका ६० जनाको स्वाव पिसिआर परीक्षणमा पठाइएको छ । कोभिड–१९ को संक्रमण पूष्टी भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका खत्री थरका ५३ वर्षीय र रोका थरका २० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको आधारमा ४२ जना पुरुष र १८ महिलाको स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको हो ।

    जिल्ला भित्रिनेक्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तीको पिसिआर परिक्षणका लागि मंगलबार संकलन गरिएको नमूना बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर बैसाख १८ गते प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाइएकामा बैसाख २० गते दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो । काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् ।

    सम्बन्धित समाचार