Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा सक्रिय संक्रमितको संख्या ७७ पुग्यो

    खोटाङमा सक्रिय संक्रमितको संख्या ७७ पुग्यो

    हलेसीमा एक जनालाई आईसोलेसन लगिए

    • बुधवार, बैशाख २९ २०७८

    • नेपाल वाइड


    खोटाङमा सक्रिय संक्रमितको संख्या ७७ पुग्यो
    खोटाङ

    खोटाङ । बैशाख २९, खोटाङमा बुधबार थप ९ जनालाई कोभिड–१९ संक्रमण पूष्टी भएको छ । रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई संक्रमण पूष्टी भएको हो । यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ७७ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा २ जना सक्रिय संक्रमित छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये ४ जना भने अन्यत्र संक्रमण पूष्टि भएपछि नगर भित्रिएका हुन् । २ जना बिहिबार र २ जना बैसाख २७ गते भित्रिएका हुन् । संक्रमितमध्ये अधिकांश होमआइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।

    हलेसीमा एक जनालाई आईसोलेसन लगिए

    हलेसी तुवाचुङ नगरपालिकामा एक जना संक्रमितलाई आइसोलेसन सेन्टरमा लगिएको छ । कोभिड–१९ बाट संक्रमण पूष्टी भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका संक्रमितलाई बुधबार साँझ आइसोलेसन सेन्टर लगिएको हो ।

    संक्रमितको स्वास्यमा थप समस्या देखिन थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा निर्माण गरिएको अक्सिजन सहितको आइसोलेसन पुर्‍याइएको उपमेयर बिमला राईले बताईन् ।

    हलेसी तुवाचुङ नगरपालिकामा बैसाख २६ गते गरिएको एन्टीजेन परीक्षणमा उनी सहित ११ जनालाई संक्रमण पूष्टी भएको थियो । अक्सिजनका लागि संक्रमितलाई उपमेयर राईले उपलव्ध गराएको गाडीमार्फत आइसोलेसन सेन्टर लगिएको हो ।

    सम्बन्धित समाचार