Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    संञ्चार

    बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर विस्तार

    बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर विस्तार


    • बिहिवार, बैशाख ३० २०७८

    • नेपाल वाइड


    बराहपोखरीको गोकुलथुम्कामा टेलीकमको टावर विस्तार
    बराहपोखरी गाँउपालिकाको गोकुलथुम्कामा बनेको टेलीकमको टावर । तस्बिर सौजन्य : रमेश पोख्रेल

    खोटाङ । बैसाख ३०, खोटाङको बराहपोखरी गाउँपालिकामा नेपाल टेलीकमको टावर विस्तार गरिएको छ । दुरदराजमा बसोबास गर्ने सेवाग्राहीलाई सञ्चारको पहुँचमा पुर्‍याउने लक्ष्यका साथ बराहपोखरी गाउँपालिका–३ साउनेचौंरको गोकुलथुम्कामा नेपाल टेलीकमको टावर बिस्तार गरिएको हो ।

    ठेकेदारको ढिलासुस्तीका बावजुद टेलीकमको टावर सञ्चालनमा आएको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताउनुभयो ।

    टावर सञ्चालनमा आएपछि बराहपोखरीको केन्द्र रहेको बाघखोर भञ्ज्याङ, सुन्तले, फाक्टाङ, मौवाबोटे, पौवासेरा लगायतका ठाउँमा फोन सम्पर्क नहुने समस्या हल भएको छ । यसअघि टावर अभावमा सो क्षेत्रमा बेलामा फोन सम्पर्क नहुने समस्या थियो ।

    सहजै फोन सम्पर्क हुन थालेपछि सेवाग्राही हर्षित भएका छन् । ठेकेदारको ढिलासुस्तीका कारण सो टावर ढिलागरी सञ्चालनमा आएको हो ।

    गाउँपालिका अध्यक्ष बञ्जराले बिहिबार सूचना जारी गर्दै टावर जडानका लागि पहल गर्ने कांग्रेसका जिल्ला सदस्य भुवन श्रेष्ठ लगायतका नेता तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ ।

    समयमा टावर जडान कार्य सम्पन्न नभएका कारण भोल्टेज बढि हुँदा व्याट्री ओभर चार्ज भएर आंशिक क्षति भएकाले बेलुका र रातको समयमा अझै पनि नेटवर्क जाने–आउने समस्या कायम रहेको छ । सो समस्या हल गर्नका लागि गाउँपालिका प्रतिवद्ध रहेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार