Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विज्ञान प्रविधि

    चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण

    चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण


    • आइतवार, जेठ २ २०७८

    • नेपाल वाइड


    चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण
    चीनले मङ्गल ग्रहमा पठाएको यान

    काठमाण्डाै । चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

    यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

    चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ ।

    रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ । रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् ।

    तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो ।

    यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका छन् । ती यान अन्तरिक्षमै रहेको बीबीसीले जनाएको छ ।

    सम्बन्धित समाचार