सोमवार, जेठ ३ २०७८
नेपाल वाइड
खोटाङ । जेठ ३, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले घरभन्दा बाहिर जमघट गरेर चाडवाड मनाउन रोक लगाएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलको आइतबार बसेको बैठकले घर बाहिर जमघट गरेर नाचगान, भोजभतेर, विवाह, ब्रतबन्ध, देवाली, साकेला उभोली जस्ता विभिन्न जातजाती तथा धर्मावलम्बीको धार्मिक तथा साँस्कृतिक कार्यमा रोक लगाउने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तथा कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भुपेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले जातीय संस्कार र संस्कृतिलाई भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आ–आफ्नो घरमा मनाउने व्यवस्थाका लागि आग्रह गरेको छ ।