Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    भारतले सार्वजनिक गर्‍याे काेरोनाविरुद्धको ‘औषधि’

    भारतले सार्वजनिक गर्‍याे काेरोनाविरुद्धको ‘औषधि’


    • सोमवार, जेठ ३ २०७८

    • नेपाल वाइड


    भारतले सार्वजनिक गर्‍याे काेरोनाविरुद्धको ‘औषधि’
    तस्विर : एएनआई

    काठमाण्डौ । भारतले कोभिड १९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार बिहान २–डीजी नामक औषधि सार्वजनिक गरेका हुन् ।

    रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले तयार पारेको औषधि सिंहले स्वास्थ्यमन्त्री हर्ष वर्धनलाई हस्तान्तरण गरेका छन् । भारतमा २–डीजीलाई आपत्‌कालीन प्रयोग अनुमति दिइएको जनाइएको छ ।

    यो औषधि डीआरडीओ कोभिड–१९ अस्पतालमा भर्ना भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । औषधि सार्वजनिक गर्दै गृहमन्त्री सिंहले भने, “मलाई के बताइएको छ भने, यो औषधिको प्रयोगबाट कोरोनाका बिरामी साढे दुई दिन छिटो निको हुने गरेका छन् ।” त्यस्तै, यसले अक्सिजनको निर्भरता पनि कम हुने उनले बताए ।

    यसको परीक्षणमा संलग्न विज्ञहरूको भनाइ उद्धृत गर्दै सिंहले भने, “यो औषधि प्रयोग गर्दा अक्सिजनको निर्भरता ४० प्रतिशत घटाएको छ।” यो औषधि धूलोको रूपमा रहेको छ । आपत्‌कालीन प्रयोगका लागि भएकाले तत्काल बजारमा खरिदबिक्री भने हुनेछैन । एजेन्सी 

    सम्बन्धित समाचार