Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल वडा कार्यालयद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण

    दिक्तेल वडा कार्यालयद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    दिक्तेल वडा कार्यालयद्धारा कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री वितरण
    जिल्ला प्रहरी कार्यालयलाई सेनिटाइजर र मास्क हस्तान्तरण गर्दै वडाध्यक्ष टंकप्रसाद आचार्य लगायत ।

    खोटाङ । जेठ ४, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले कोभिड–१९ बाट संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

    कोभिड–१९ बाट संक्रमण पूष्टि भएपछि हाल होमआइसोलेसनमा बसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयकै बजेटबाट खरिद गरेर १५ संक्रमितलाई घर–घरमा पुगेर जनही एक बोत्तल सेनिटाइजर र १० वटा मास्क वितरण गरिएको दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए ।

    संक्रमित होमआइसोलेसनमा बसिरहेको बेला अन्यलाई संक्रमण सर्न नदिनका लागि वडा कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्रमशः अन्य संक्रमितलाई पनि स्वास्थ्य सामग्री वितरण तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडाध्यक्ष आचार्य, वडा सदस्य प्रकाश श्रेष्ठ, महिला वडा सदस्य अञ्जना बस्नेत, वडासचिव रेखा राई लगायतको टोलीले घर–घरमा पुगेर संक्रमितका आफन्तमार्फत मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पनि ४ लिटर सेनिटाइजर र २ सय थान मास्क प्रदान गरेको छ ।

     

    सम्बन्धित समाचार