Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए

    प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए


    • बुधवार, जेठ १९ २०७८

    • नेपाल वाइड


    प्रदेशबाट खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइए
    स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै सामाजिक विकास मन्त्री उषाकला राई ।

    खोटाङ । जेठ १९, कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रदेशबाट स्वास्थ्य कार्यालय खोटाङमा थप स्वास्थ्य सामग्री ल्याइएको छ ।

    प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री उषाकला राईमार्फत कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा उपयोग हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई गाउन, मास्क, सेनीटाइजर लगायतमा स्वास्थ्य सामग्री ल्याइएको हो ।

    प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बिराटनगरबाट ५० लिटरको १५ पिस अक्सिजन सिलिण्डर, ४ थान अक्सिजन कन्सन्ट्रेटर, ४ थान अक्सिमिटर, १० हजार सेट एन्टीजेन किट, २० पिस इन्फ्रारेड थर्मोमिटर, ३२० सेट गाउन, १ हजार ६ सय पिस सर्जिकल मास्क, ५ सय एमएलको ५४ पिस हेण्डसेनीटाइजर, २५० पिस एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला ल्याइएको हो ।

    गाडीमा हालेर स्वास्थ्य सामग्री लिएर आएकी सामाजिक बिकास मन्त्री राईले मंगलबार स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देललाई सरोकारवालाको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छन् ।

    गत बैसाख ३० गते पनि स्वास्थ्य सामग्री पठाएकी मन्त्री राई सोमबार थप स्वास्थ्य सामग्री सहित जिल्ला आएकी हुन् । मन्त्री राईले जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, नेकपा एमालेका अध्यक्ष रामप्रसाद दंगाल, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, डिएसपी नारायणप्रसाद चिमरिया, डा. बैभव मल्लिक लगायतको उपस्थितिमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् । मन्त्री राईले आवश्यकता अनुसार थप स्वास्थ्य सामग्री उपलव्ध गराउने बताएकी छन् ।

    सम्बन्धित समाचार