Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेलामा टोल–टोलमा एन्टीजेन परीक्षण गरिने, क्वारेन्टिनमा बस्नेलाई खाद्यान्न दिइने

    साकेलामा टोल–टोलमा एन्टीजेन परीक्षण गरिने, क्वारेन्टिनमा बस्नेलाई खाद्यान्न दिइने


    • बुधवार, जेठ १९ २०७८

    • नेपाल वाइड


    साकेलामा टोल–टोलमा एन्टीजेन परीक्षण गरिने, क्वारेन्टिनमा बस्नेलाई खाद्यान्न दिइने
    साकेला गाउँपालिका

    खोटाङ । जेठ १९, खोटाङको साकेला गाउँपालिकाले एन्टीजेन परीक्षणको दायरा बढाउने तयारी गरेको छ । समुदायस्तरमा संक्रमण फैलिसकेको सन्दर्भमा स्थानीय कोभिड संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले गाउँपालिकाको टोल–टोलमा स्वास्थ्यकर्मीमार्फत एन्टीजेन परीक्षण गर्ने र संक्रमित पहिचान निर्णय गरेको हो ।

    एन्टीजेन परीक्षणका क्रममा भेटिएका संक्रमितलाई कम्तीमा १४ दिन सम्वन्धित वडाले तोकेको क्वारेन्टिनमा बस्ने/बसाउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।

    यस्तै, गाउँपालिकाभन्दा बाहिरका संक्रमित क्षेत्रबाट पालिका प्रवेश गर्ने व्यक्तिलाई पनि वडाले तोकेको क्वारेन्टिनमा राख्ने निर्णय गरिएको छ । गाउँपालिका प्रवेश अगाडि सम्वन्धित वडाका वडाध्यक्षलाई सम्पर्क गर्नु भनिएको छ ।

    तर, क्वारेन्टिनमा बसेका व्यक्तिलाई बसुञ्जेल पुग्ने खाद्यान्न गाउँपालिकाले उपलव्ध गराउने प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । क्वारेन्टिनमा बस्दा लत्ता कपडाको व्यवस्था भने सम्वन्धित व्यक्तिले गर्नुपर्ने छ ।

    क्वारेन्टिनमा बसेका संक्रमितको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्र घर पठाइने र पोजिटिभ रिपोर्ट आएका व्यक्तिलाई होमआइसोलेसनमा वा आवश्यकता अनुसार अस्थायी कोभिड अस्पतालमा पठाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार