Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    एसईईको नतिजा दोस्रो त्रैमासिक परीक्षाका आधारमा तयार हुने

    एसईईको नतिजा दोस्रो त्रैमासिक परीक्षाका आधारमा तयार हुने


    • शुक्रवार, जेठ २१ २०७८

    • नेपाल वाइड


    एसईईको नतिजा दोस्रो त्रैमासिक परीक्षाका आधारमा तयार हुने
    फायल तस्बिर

    काठमाण्डौ । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विद्यालयले लिएको अन्तिम परीक्षाको आधारमा तयार गरिने भएको छ ।मन्त्रिपरिषद् बैठकले कोभिड-१९ महामारीका कारण एसईई आन्तरिक मूल्यांकनको आधारमा गर्ने निर्णय गरेको हो ।

    कोभिड-१९ को दोस्रो लहर शुरु हुनुअघि विद्यालयहरूले दोस्रो त्रैमासिक परीक्षा सम्पन्न गरिसकेका थिए । अधिकांश विद्यालयले गत फागुनमा परीक्षा लिएका थिए ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने, “एसईईको नतिजा सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्यांकनको आधारमा गर्ने निर्णय भएको छ ।”  विद्यालयहरूले दोस्रो त्रैमासिक परीक्षाको नतिजा शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनु पर्नेछ ।

    हिमालखबरमा प्रकाशित समचार अनुशार एकाइले प्रमााणित गरेर राष्ट्रिय परीक्षा बोर्डमा पठाउनु पर्नेछ । “एकाईले पठाएको विवरणको आधारमा बोर्डले परीक्षाको नतिजा सार्वजनिक र प्रमाणपत्र वितरण गर्नेछ” मन्त्री गुरुङले भने ।  

    गतवर्ष पनि कोभिड–१९ का कारण एसईई आन्तरिक मुल्यांकनकै आधारमा भएको थियो । तर त्यतिबेला ‘प्रि-एसईई’ भने सम्पन्न भइसकेको थियो । 

    सम्बन्धित समाचार