Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छापेर वितरण गर्दै

    नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छापेर वितरण गर्दै


    • शनिवार, जेठ २२ २०७८

    • नेपाल वाइड


    नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७० लाख थान पुस्तक छापेर वितरण गर्दै
    फायल तस्बिर

    काठमाण्डौ । नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले पुस्तक छपाएर देशभर बिक्री वितरणको काम थालेको छ । नयाँ शैक्षिक सत्र सुरु हुन एक अहिना अघि नै जेठ मसान्तसम्ममा पुस्तक वितरणको काम सक्नुपर्ने भएकाले जनक शिक्षाले वितरणको कामलाई तीव्रता दिएको हो ।

    आउँदो वर्षको नयाँ शैक्षिक सत्रका लागि जनक शिक्षाले कक्षा १ देखि १० कक्षासम्मका लागि एक करोड ७० लाख थान पुस्तक छापेको जनाएको छ ।

    लिमिटेडले गएको सोमबारदेखि नै देशभर रहेका ८ वटा प्रादेशिक कार्यालयबाट ती पुस्तक बिक्री वितरणको काम थालेको जनक शिक्षा सामाग्री लिमिटेडका निर्देशक अनिलकुमार झाले बताए । अहिले विराटनगर, जनकपुर, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढीमा रहेको प्रादेशिक कार्यालयबाट वितरण भइरहेको छ ।

    कोरोना महामारीले देशभर सहजै रुपमा पुस्तक पठाउन र वितरण गर्न भने केही समस्या भएको तर सरकारले तोकेकै समयमा विद्यालयमा पुस्तक पुर्याइने निर्देशक झाले बताए ।

    कोरोना सङ्क्रमणको जोखिमका कारण अहिले पुस्तक पसल बन्द रहेकाले बिक्री वितरणमा केही समस्या आएको झाले बताए । पुस्तक पसल खोल्न दिने व्यवस्था गरिदिन लिमिटेडले आग्रह गर्दै शिक्षा मन्त्रालयमा पत्र पठाएको र सरकारले निर्णय गर्ने बित्तिकै सहजै पुस्तक विद्यालयको पहुँचमा पुग्ने उहाँको भनाइ छ ।

    अघिल्लो वर्ष पनि सरकारले देशभरका पुस्तक पसल खोल्न दिने निर्णय गरेसँगै जनक शिक्षाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु गरेको थियो ।

    सम्बन्धित समाचार