Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    हलेसी तुवाचुङ : गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्दै 

    हलेसी तुवाचुङ : गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्दै 


    • शनिवार, आषाढ ५ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ  : गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्दै 
    फायल तस्बिर

    खोटाङ । असार ५, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण सुरु गरेको छ । आमा र वच्चाको स्वस्थ स्वास्थ्यलाई ध्यान दिँदै नगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत नगरपालिकाभित्रका गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण सुरु गरेको हो ।

    ११ वडा रहेको नगरपालिकाका सबै आमा र बच्चाको शरीरमा पोषणको अभाव हुन नदिनका लागि निःशुल्क क्याल्सियम चक्की वितरण सुरु गरिएको मेयर इवन राईले बताए । क्याल्सियम चक्की ११ वटै वडाका स्वास्थ्यचौकीमार्फत वितरण भइरहेको छ ।

    नगरपालिकाभित्रका ५५० जना गर्भवती तथा सुत्केरी महिलालाई लक्ष्यित गर्दै क्याल्सियम चक्की निःशुल्क वितरणको व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए ।

    स्वास्थ्यकर्मीकोे परामर्शमा हालसम्म आफै किनेर क्याल्सियम चक्की खाइरहेका गर्भवती तथा सुत्केरीलाई यसपल्टदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम चक्की उपलव्ध गराउन सुरु गरेको हो । स्वास्थ्यकर्मीका अनुसार एक जना गर्भवतीले सुत्केरी भएको ४५ दिनसम्म २२५ चक्की क्याल्सियम खानु पर्ने हुन्छ ।

    बजारमा प्रति क्याल्सियम चक्कीको मूल्या औसतमा ६ रुपैयाँ पर्छ । आफ्नो तथा बच्चाको स्वास्थ्यप्रति सचेत गर्भवती र सुत्केरीले क्याल्सियम चक्की किनेर खाने गरेपनि दुरदराजका अधिकांश गर्भवती र सुत्केरी नियमित क्याल्सियम चक्की खानबाट बञ्चित छन् ।

    कतिपयलाई गर्भवती र सुत्केरी अवस्थामा क्याल्सियम चक्की खानुपर्ने जानकारी नै नभएको अवस्थामा निःशुल्क क्याल्सियम चक्की वितरण सुरु गरिएको मेयर राईले बताए । ‘सचेत गर्भवती र सुत्केरी महिलाले आफैले क्याल्सियम चक्की खरिद गरेर खाँदै आएका छन् । कतिपयलाई त क्याल्सियम चक्की खानुपर्छ भन्ने जनचेतनाकै अभाव हुन सक्छ ।

    गाउँघरमा सहजढंगले क्याल्सियम चक्की किन्न पाइन्न । सहज उपलव्ध हुन्न,’ मेयर राईले भने, ‘आमा र बच्चाको स्वास्थ्यका लागि नभै नहुने क्याल्सियम चक्कीको अभाव नहोस् र क्याल्सियम चक्कीबाट कोही पनि बञ्चित नहुन् भनेर निःशुल्क वितरणको व्यवस्था गरेका हौँ ।’ नगरपालिकाले केही समयअघि गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित समाचार