Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    बजेट

    साकेला गाउँपालिका : पूर्ण अर्गानिक कृषि पालिका बनाउने कार्यक्रम

    साकेला गाउँपालिका : पूर्ण अर्गानिक कृषि पालिका बनाउने कार्यक्रम


    • शनिवार, आषाढ १२ २०७८

    • नेपाल वाइड


    साकेला गाउँपालिका : पूर्ण अर्गानिक कृषि पालिका बनाउने कार्यक्रम
    गाँउसभा उद्धघाटन गर्नृहुदै साकेला गाँउपालिकाका अध्यक्ष अर्जुन खडका झंकार

    खोटाङ । असार १२, खोटाङको साकेला गाउँपालिकाले पूर्ण अर्गानिक कृषि पालिका बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभामार्फत साकेलाले रासायनिक मल तथा विषादिको प्रयोगलाई शून्य गर्दै अर्गानिक कृषि उत्पादनमार्फत पूर्ण अर्गानिक कृषि पालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पास गरेको हो ।

    पूर्ण अर्गानिक कृषि पालिका बनाउने लक्ष्यका साथ साकेलाले कृषि उत्पादनका क्रममा प्रांगारिक मल तथा जैविक विषादिको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने जनाएको छ ।

    गाउँपालिकाले परम्परागत रुपमा गरिँदै आएको निर्वाहमुखी खेती प्रणालीमा सुधार गर्न कृषि, पशु तथा फलफूलको पकेट क्षेत्र निर्धारण गरी सामुहिक खेती, भेगीय खेती प्रणाली, एकीकृत खेती प्रणाली तथा सहकारीताको विकास गर्ने, लोपोन्मुख अवस्थामा रहेका र अन्य रैथाने जातका कृषि तथा पशु उपजहरुको खोजी, संरक्षण, विकास तथा बजारीकरणका लागि बिउ उत्पादन गर्न आवश्यक मात्रामा कृषि तथा पशु श्रोत केन्द्रको स्थापना तथा सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

    यस्तै, कृषि उपज खाद्यान्नको भण्डारका लागि सोलार ड्रायर, रष्टिक स्टोर, सोलार स्टोर जस्ता प्राविधिको प्रवद्र्धन तथा विकास गर्ने, स्थानीय सामग्रीको अधिकतम उपयोग गरी कम मूल्यामासौर्य विस्कुन निर्माण गर्न अनुसन्धान, निर्माण तथा प्रदर्शन गर्ने, गाउँपालिकामा उत्पादन भएका कृषि उपज तथा अन्य वस्तुको बजारीकरणका लागि सम्वन्धित निकायसँग आवश्यक समन्वय गर्ने, खाद्यान्न, तरकारी, फलफूल तथा मसलाजन्य कृषि उपजको प्रशोधनका लागि आवश्यक तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

    लोप भइसकेका तथा लोपोन्मुख रैथाने प्रजातीका पशु, पंक्षी, अन्नवाली, सागसव्जी, दलहन, तेलहन, फलफूल तथा मसलाजन्य कृषि उपजहरुको खोजी, संरक्षण तथा विकासका लागि उचित स्थानहरुको खोजी गरी श्रोत केन्द्रको स्थापना र सञ्चालन गर्ने, नियमित श्रमबजारमा प्रवेश गर्ने तथा कोभिड–१९ का कारण बैदेसिक रोजगारबाट फर्किने युवा श्रमशक्ति तथा कोभिड–१९ का कारण बैदेसिक रोजगारबाट फर्किने युवा श्रमशक्तिलाई कृषि उत्पादनसँग जोड्ने नीति तथा कार्यक्रममा समावेश छ ।

    आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै परम्परागत रुपमा सञ्चालन हुँदैआएका पैदल मार्गलाई स्तरोन्नती गर्ने, चखेवाभञ्ज्याङ–मपारुङभीर–मानेभञ्ज्याङ–पानधारे–चखेवाभञ्ज्याङ–टेम्के र मानेभञ्ज्याङ–टेम्के जैविक पदमार्गको निर्माण तथा विकास गर्ने, नासपातीको हव बनाउन गाउँपालिकाभित्र निर्माण हुने सडकको दायाँ–वायाँ नासपाती रोप्ने, मानिसको फेरिएको जीवनशैलीको कारण बाँझिदै गएको जमिन उपयोग गर्न जग्गाधनी र अन्य सरोकारवालासँग छलफल गर्ने, गाउँपालिकाको अतिविपन्न घर परिवार पहिचान गरी वडागत रुपमा बढीमा एक वटा सुपथ मूल्याको खाद्य सहकारी पसल सञ्चालन गर्न पहल गर्ने भनिएको छ ।

     

    सम्बन्धित समाचार