Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    चुम्बन गरेका कारण मन्त्रीले दिए राजीनामा

    चुम्बन गरेका कारण मन्त्रीले दिए राजीनामा


    • आइतवार, आषाढ १३ २०७८

    • नेपाल वाइड


    चुम्बन गरेका कारण  मन्त्रीले दिए राजीनामा
    तस्वीर : पीए मिडिया

    काठमाडौँ । बेलायती स्वास्थ्यमन्त्रीले महिला सहयोगीलाई चुम्बन गरेका कारण पदबाट राजीनामा दिएका छन । कोरोना भाइरसको महामारीलाई बेवास्ता गर्दै आफ्नै एक महिला सहयोगीलाई चुम्बन गरेका बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन ।

    कोरोनाभाइरस नियन्त्रणका लागि बनाइएका स्वास्थ्य मापदण्ड तोड्दै उनले केही समयअघि एक महिला सहयोगीलाई अँगालो हालेर चुम्बन गरेका थिए । लगत्तै उनको चर्को आलोचना भएको थियो ।

    उनले अँगालो हालेको र चुम्बन गरेको तस्वीर द सन पत्रिकाले शुक्रबार छापेको थियो । अरूलाई मात्रै मापदण्ड मन्त्रीलाई नियम नलाग्ने भन्दै उनको चर्को आलोचना भएपछि मन्त्री ह्यानककले राजीनामा दिएका हुन । उनले शनिबार प्रधानमन्त्री बोरिस जोन्सन समक्ष राजीनामा बुझाएका हुन् । ऐजेन्सीको सहयोगमा

    सम्बन्धित समाचार