Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    कवि एमबी थुलुङलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

    कवि एमबी थुलुङलाई ‘लिब्जु–भुम्जु पुरस्कार’


    • बिहिवार, आषाढ १७ २०७८

    • नेपाल वाइड


    कवि एमबी थुलुङलाई ‘लिब्जु–भुम्जु पुरस्कार’
    लिब्जु–भुम्जु पुरस्कार’का लागि छानिएका कवि एमबी थुलुङ ।

    खोटाङ । असार १७, २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि एमबी थुलुङलाई प्रदान गर्ने निर्णय गरिएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरी प्रकाशन भएका रचनामध्येबाट थुलुङको गीत ‘लिब्जु–भुम्जु पुरस्कार’का लागि उत्कृष्ट ठहरिएको हो । 

    ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशन भएकामध्ये थुलुङको वाम्बुले भाषामा लेखिएको ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत पुरस्कारका लागि छनौट भएको हो ।

    अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले २०५५ सालमा स्थापना गरिएको ५ हजार राशीको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि थुलुङलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

    ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबु निवासी कवि थुलुङ हाल दक्षिण कोरियामा छन् । थुलुङ स्वदेश आएपछि पुरस्कार हस्तान्तरण गर्ने जनाइएको छ । कवि थुलुङ भए पनि एक दशकभन्दा बढी समयदेखि वाम्बुले भाषामा रचना सिर्जना गर्दै आएका छन् ।

    थुलुङको गीति कविता वाम्बुले राई समुदायमा परापूर्वकालदेखि गाइदै आएको राम्दले भाकामा रचना गरिएको छ । सो गीतमा वैदेशिक रोजगारीमा रहेका प्रेमी र गाउँघरमा रहेकी प्रेमिकाबीचको सुखदुःख, अतितदेखि वर्तमानको संवाद समेटिएको छ ।

    ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको गीतलाई गायक राज राई र गायीका एलिना राईले गाएका छन् । गीतमा स्वयं राज राईको संगीत रहेको छ ।

    २०५६ सालदेखि ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका रचनामध्ये सर्वोत्कृष्ट एक रचनालाई पुरस्कृत गरिदैआएको छ । नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले मातृभाषाका स्रष्टा प्रवद्र्धन गर्ने उद्देश्यले २०५५ सालमा पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गरेका हुन् । ‘लिब्जु–भुम्जु पुरस्कार’ पुरस्कारबाट हालसम्म १९ जना कवि पुरस्कृत भइसकेका छन् ।

    सम्बन्धित समाचार