Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    नगर दिवस

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चौथो नगर दिवस सम्पन्न

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चौथो नगर दिवस सम्पन्न


    • शनिवार, आषाढ १९ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चौथो नगर दिवस सम्पन्न
    फरक क्षमता भएका व्यक्तिहरूलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुहुदै मेयर दिपनारायण रिजाल ।

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बिविध कार्यक्रमको आयोजना गर्दै चौथो नगर दिवस मनाएको छ । शुुक्रबार नगरपालिकाले बिभिन्न छ वटा कार्यक्रम एकैसाथ सम्पन्न गर्दै नगर दिवश मनाएको हो ।

    नगरदिवसको अबशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाका आमा समूहलाई एक–एक थान कुटानी, पिसानी मिल हस्तान्तरण गरिएको छ ।

    यस्तै, नगरदिवसको अवसरमा आरण पेसालाई प्रवर्धन गर्ने उद्देश्यकासाथ वडाका एक एक जना गरि १५ जनालाई ओलडिङ मेसिन हस्तान्तरण, नगर क्षेत्रभित्र लोप हदै गएको नौमत्ति बाजा संरक्षणका लागि नौमत्ती बाजा एक थान हस्तान्तरण गरिएको छ ।

    Naumati Bajaja.jpg
    लोपोन्मुख नौमति बाजा हस्तान्तरण गर्नुहुदै मेयर दिपनारायण रिजाल

    यस्तै फरक क्षमता भएका पाँच जना व्यक्तिहरूलाई जनही नगद रु १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग रकम हस्तान्तरण गर्दै गर्भवती महिलाहरुको पोषण झोलाको कार्यक्रम सुभारम्भ गरिएको नगरप्रमुख रिजालले बताउनुभयो ।

    नगर दिवसका अबशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ की अतिविपन्न, एकल महिला अम्बिका खतिवडालाई उपप्रमुखसँग महिला कार्यक्रम अन्तर्गत भुकम्प प्रतिरोधात्मक एक तले पक्कि घर निर्माण गरि हस्तान्तरण गरिएको नगर उप-प्रमुख विणादेवी राईले बताउनुभयो ।

    सम्बन्धित समाचार