आइतवार, आषाढ २० २०७८
नेपाल वाइड
काठमाण्डौ । उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै अब सबै किसिमका परीक्षा सञ्चालन हुने भएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सबै किसिमका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड अपनाइ २५ जनासम्म परीक्षार्थी उपस्थित गराउन सकिने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । २५ भन्दा धेरै परीक्षार्थी भएमा सिफ्टअनुसार परीक्षा सञ्चालन गरिनेछ ।
यस्तै, बैठकले असार २२ गतेदेखि उपत्यकामा जोरबिजोर प्रणाली खारेज गरेको छ । काठमाडौंबाट बाहिर जानु परे सम्बन्धित जिल्लाकै पासको आधारमा जान पाउने व्यवस्था पनि प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको छ । बाहिरबाट काठमाडौं आउनु पर्दा जहाँबाट आउने हो त्यही जिल्लाको पास लिएर काठमाडौं आउन पाइने छ ।