Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकाले खरिद गर्‍यो एम्बूलेन्स

    बराहपोखरी गाउँपालिकाले खरिद गर्‍यो एम्बूलेन्स


    • शनिवार, आषाढ २६ २०७८

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकाले खरिद गर्‍यो एम्बूलेन्स
    पालिका आइपुगेको एम्बूलेन्सछेउमा तस्बिर खिचाउँदै बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष गोमा मगर र पालिकाका नासु रमेश पोखे्रल ।

    खोटाङ । असार २६, खोटाङको बराहपोखरी गाउँपालिकाले एम्बूलेन्स खरिद गरेको छ । विरामी तथा घाईते नागरिकलाई सहजताका साथ अस्पताल पुर्‍याउने र ल्याउने व्यवस्थाका लागि गाउँपालिकाले एम्बूलेन्स खरिद गरेको हो ।

    गाउँसभाको निर्णय अनुसार १२ लाखमा खरिद गरिएको एम्बूलेन्स शुक्रबार गाउँपालिकाको कार्यालयमा आइपुगेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । भारतमा खरिद गरिएको एम्बूलेन्स लामो समयसम्म भन्सारमा अड्किएको थियो ।

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाले खरिद गरेको एम्बूलेन्स जेठ १५ गते गाउँपालिका आइपुगेको छ । खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्रमा प्रदान गरेको एम्बूलेन्स सञ्चालन गर्दैआएको गाउँपालिकाले आफ्नै बजेटमा अर्को नयाँ एम्बूलेन्स खरिद गरेको हो ।

    भारतमा करिब १० लाखमा खरिद गरिएको एम्बूलेन्स बीरगञ्ज आएर केही समय रोकिएको थियो । खोटाङ सेवा समाज यूकेले दिएको एम्बूलेन्स परानो हुँदैगएको र कतिपय अवस्थामा बिग्रेर समस्या निम्तिने गरेकाले अर्को एम्बूलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।

    जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाताबाट प्राप्त एम्बूलेन्स सञ्चालनमा छन् ।

    रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा बिदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बूलेन्स सञ्चालनमा छन् ।

     

    सम्बन्धित समाचार