Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    एसईई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन

    एसईई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन


    • आइतवार, श्रावण ३ २०७८

    • नेपाल वाइड


    एसईई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन
    फायल तस्बिर

    काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत शिक्षा विभागले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अगावै कक्षा ११ मा भर्ना नलिन विद्यालयलाई निर्देशन दिएको छ ।

    विभागका प्रमुख रामप्रसाद सुवेदीले काठमाडौँका कतिपय विद्यालयले नतिजा प्रकाशित नहुँदै प्रिरजिस्ट्रेसन गरेर भर्ना गरेको गुनासो अभिभावकबाट आउन थालेपछि सूचना प्रकाशित गरेको जानकारी दिए ।

    सूचनामा कक्षा ११ मा भर्ना लिन थालेको भन्ने गुनासोमा विभागको गम्भीर ध्यानाकर्षण भएको, एसईई नतिजापछि मात्रै भर्ना लिनुपर्ने, कक्षा ११ र १२ भर्ना लिदाको समयमा मात्र कुल रकम तोक्नुपर्ने रहेको छ ।

    यस्तै, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर र परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र विद्यार्थीबाट लिइने शुल्क के कति हो १५ साउनभित्र विभागमा बुझाइसक्नुपर्ने छ ।

    माध्यामिक विद्यालय तथा क्याम्पसहरूले तोकिए अनुसार छात्रवृत्ति अनिवार्य रूपमा प्रदान गर्नुपर्ने र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण शैक्षिक सत्र सुरु भएको दुई महिनाभित्र विभागमा पेश गर्नुपर्न सूचनामा उल्लेख छ ।

    सम्बन्धित समाचार