Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    काभ्रेका विद्यालयमा सुरु भयो पठनपाठन

    काभ्रेका विद्यालयमा सुरु भयो पठनपाठन


    • सोमवार, श्रावण ४ २०७८

    • नेपाल वाइड


    काभ्रेका विद्यालयमा सुरु भयो पठनपाठन

    काठमाडौं । काभ्रेको मन्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा नै विद्यालयको पठनपाठन सुरु गरेको छ । नगरपालिका भित्र रहेको विद्यालयले साउन ३ गतेबाट भौतिक रुपमा नै पठनपाठन सुरु गरेका हुन् ।

    २०७८ असार ८ गतेको नगर शिक्षा समिति र असार ९ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार साउन ३ गतेबाट शैक्षिक सत्र २०७८ को पठनपाठन सञ्चालन गर्न नगरपालिकालाई विद्यालयहरुलाई निर्देशन दिएको छ ।

    नगरपालिकाले विद्यालयालाई यसअघि असार १३ गते दिएको निर्देशनलाई अधारमा मानेर भौतिक अवस्थाको आधार सिफ्टमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । “नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि विद्यालयको भौतिक अवस्थाको आधारमा सिफ्ट सिफ्ट गरी कक्षा १–३, ३–५, ५–८, ९–१०, ११–१२ वा विद्यालयको परिवेशलाई ध्यान दिई पठनपाठन गर्ने,” नगरपालीकाले जारी गरेको सूचनामा भनिएको छ ।

    नगरपालीकाले सुरक्षाका न्यूनतम मापदण्ड अपनाई भौतिक दूरी काय गरेर पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको हो । नगरपालिकाले आवश्यकता अनुसार शिक्षण सिकाइका वैकल्पिक उपायलाई समेत जोड दिने निर्देशन दिएको छ । यदि कोरोना संक्रमण देखिएमा भने तत्काल विद्यालयको पठनपाठन स्थगित गाउने समेत नगरपालिकाले निर्देशन दिएको छ ।

     

    सम्बन्धित समाचार