Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कला साहित्य

    बजारमा आयो ‘मजुरको कल्की’ (भिडियो सहित)

    बजारमा आयो ‘मजुरको कल्की’ (भिडियो सहित)


    • शुक्रवार, श्रावण १५ २०७८

    • नेपाल वाइड


    बजारमा आयो ‘मजुरको कल्की’ (भिडियो सहित)
    मजुरको कल्कीको कभर ।

    खोटाङ । साउन १५, खोटाङकी श्रष्टा बिमला चाम्लिङ राईको ‘मजुरको कल्की’ बोलको नयाँ गीत बजारमा आएको छ । चर्चित गायक तथा संगीतकार दिपेश राई र गायीका सुदिता राईको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी श्रष्टा बिमलाको शव्द, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका गायक राई र भारत गान्तोककी गायीका राईको स्वर रहेको लिप्सिङ भिडियो गीत बिमला चाम्लिङ अफिसियल यूटुबमार्फत सार्वजनिक गरिएको हो ।

    ६ मिनेट लामो समला भाकाको गीतमा किरात राई समुदायको संस्कार संस्कृति, माइतीचेलीको सम्वन्ध, मुन्द्युम, साकेला, किरात समुदायको उद्गमस्थल तुवाचुङ, त्रि–धार्मिकस्थल हलेसी लगायतको चर्चा सुन्न सकिन्छ ।

    राजु कार्कीको एरेञ्जमा तयार पारिएको सो गीतमा स्वयं दिपेश राईको संगीत रहेको छ । स्टुडियो किङ अनामनगरमा सुरेर राई र मनोज साङसोङले रेकर्ड गरेको गीतको भिडियो धन खालिङ राईले तयार पारेका हुन् ।

    आगामी दशैंसम्ममा बिमलाको सोलो एल्बम सार्वजनिक गर्नेगरी ‘मजुरको कल्की’ बोलको गीत बजारमा ल्याइएको हो । सोही एल्बममा समेट्नेगरी तयार पारिएको यो तेश्रो गीत हो । सोलो एल्बमका सबै गीतमा दिपेशकै संगीत रहने छन् ।

    यसअघि दिपेशकै एरेञ्ज र संगीतमा चर्चित गायक राजेशपायल राई र सुस्मिता राईको स्वरमा ‘कस्तो मायाँ यो’ र देवेस राईको एरेञ्ज, दिपेशको संगीत र दिपेशकै स्वरमा ‘दिन पनि उस्तै’ बोलको गीत सार्वजनिक भइसकेका छन् ।

    सोलो एल्बमका लागि तयार पारिएको चौथो गीत पनि केही समयपछि आउने गायक तथा संगीतकार दिपेश राईले बताए । साकेला भाकामा हुने आसन्न गीतमा स्वरको भने टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।

    भिडियो लिंक

     

    सम्बन्धित समाचार